दार्चुला, २३ फागुन । दार्चुलामा जीप दुर्घटनामा हुदा एक जनाकाे मृत्यु भएकाे छ ।
दुर्घटनामा घाइते भएकी भारतकाे पिथौरागढ जिल्लाकाे धार्चुला सिमखोला बस्ने ६० वर्षीया कालीदेवी नेगीकाे जिल्ला अस्पताल दार्चुलामा उपचारका क्रममा मृत्यु भएकाे हो ।
दुर्घटनामा घाइते भएका अन्य तीन जनालाई उपचारका लागि भारतकाे पिथाैरागढ रेफर गरिएकाे दार्चुलाका प्रहरीले जनाएको छ । जिपमा नाै जना भारतीय नागरिक सवार रहेका प्रहरीकाे भनाइ छ ।
मङ्गलवार (आज) बिहान मधेस प्रदेश ०३–००–०३४० नम्बरकाे जीप महाकाली नगरपालिका–४ बाङ्गाबगर खानेपानी ट्याङ्की नजिक लास्कु खोलामा खसेकाे थियाे । उनीहरू डुङरी मन्दिरमा पूजापाठ गर्न आएका बुझिएको छ ।










प्रतिक्रिया दिनुहोस्