काठमाडौँ, २३ फागुन । काठमाडौँको कोटेश्वरमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गएराति प्रदेश ३०२००९ प ७००६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा मोटरसाइकल चालक भक्तपुरको चाँगुनारायण नगरपालिका–५ का ४२ वर्षीय मधुकर बालाको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा पछाडि सवार ललितपुरको इमाडोल बस्ने २२ वर्षीया स्नेहा रानाको सोही अस्पतालमा उपचार भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्