समाचार

आगलागीमा परेर एक बालिकाको मृत्यु



रौतहट, २४ फागुन । रौतहटको राजदेवी नगरपालिका स्थित आगलागीमा पारेर ६ महिने बालिकाको मृत्यु भएको छ भने तीन वटा घर गोठ जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मंगलबार साँझ राजदेवी नगरपालिका ४ वसन्तपुर (गडहिया)का भिखर राउतको खरको छाना भएको घरमा आगलागी भएको थियो । अचानक भएको आगलागीबाट घरमा सुतिरहेकी भिखर राउतको ६ महिनाकी छोरी सिल्फी राउतको जलेर मृत्यु भएको हो । राउतको घरबाट सल्किएको आगोले छिमेकीद्वय रामकिसुन साह र सुजय साहको घर जलेर नष्ट भएको थियो ।

आगलागीबाट राउतको घर तथा अन्न लताकपडा गरी ७५ हजार तथा छिमेकीहरूको ५०-५० हजार गरी कुल एक लाख ७५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छै न। घटना लगतै गौर नगरपालिकाबाट गएको वरुण यन्त्र, गाउँले तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।