काठमाडौँ, २५ फागुन । मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । आज बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान प्रक्रिया चल्ने निर्वाचन आयोगले जनाएको छ ।
सङ्घीय संसद् अन्त्रगतका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य तथा सात वटै प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् । निर्वाचनको नतिजा आजै साँझसम्म सार्वजनिक गर्ने आयोगले जनाएको छ ।
आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट पूर्वसभामुखसमेत रहिसकेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको तर्फबाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्










प्रतिक्रिया दिनुहोस्