राजनीति

उप-निर्वाचनका लागि दलहरूलाई निर्वाचन चिन्ह प्रदान



काठमाडौँ, २५ फागुन । आसन्न वैशाख १० गते आइतबार हुने चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई निर्वाचन चिन्ह प्रदान गरिएको छ ।

उपनिर्वाचनका लागि १८ वटा दलहरू दर्ता भएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा (१) बमोजिमको निर्वाचन चिन्ह निर्धारण गरी सम्बन्धित दललाई प्रदान गरिएको निर्वाचन आयोगले जानकारी दिएको हो ।

त्यस्तै नेपालको संविधानको धारा २७१, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १६ को अनुसूची–१२ बमोजिम निवेदन पेस हुन आएका राजनीतिक दलहरूलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम (४) बमोजिम दर्ता गर्ने र दर्ता भएका राजनीतिक दलहरूको नामावली राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ को उपदफा (३) बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णयसमेत आयोगबाट भएको छ ।