हेटौँडा, ३ चैत । विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई बागमती प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले बागमती प्रदेशका खेलाडीहरू समेत सम्मिलित उक्त टिमलाई जितको लागि बधाई दिँदै थप प्रगति र सफलताको लागि शुभकामना दिएका छन् ।
प्रदेश सरकारको तर्फबाट शुक्रबार उक्त घोषणा गरेका हुन् । ‘खेलाडीको सम्मान र हौसलाको लागि बागमती प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई जनही एक लाख दिने भएका छौँ’, उनले भने ।










प्रतिक्रिया दिनुहोस्