राजनीति

आठदलीय गठबन्धन पूरै अवधि जान्छ : सभापति देउवा



काठमाडौँ, ३ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आठदलीय गठबन्धन पूरै अवधि जाने बताएका छन् ।

आज उपराष्ट्रपति निर्वाचनपश्चात् संसद् भवनबाटै बाहिरिने क्रममा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको संक्षिप्त जवाफ दिँदै उनले गठबन्धन भविष्यवाणी गरेका हुन् ।

उनले गठबन्धन बाँकी रहेको करिब पाँच वर्ष समयावधिसम्म टिक्ने दाबी गरे ।