समाचार

फेरि बढ्न थाले कोरोनाका सक्रिय सङ्क्रमित



काठमाडौँ, ४ चैत । कोरोना भाइरसका सक्रिय सङ्क्रमित फेरि बढ्न थालेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्ला केही दिनयता दैनिक सक्रिय सङ्क्रमित बढिरहेका छन् । फागुन २६ गतेदेखि सक्रिय सङ्क्रमित दैनिक बढिरहेका हुन् ।

फागुन २६ गते सक्रिय सङ्क्रमित पाँच, २७ गते १२, २८ गते १५, २९ गते १६, ३० गते १७ र चैत १ गते १९ जना सक्रिय सङ्क्रमित रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हिजाे ६ जना नयाँ सङ्क्रमित र २० सक्रिय सङ्क्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाउन, खोपको अतिरिक्त मात्रा अर्थात् (बुस्टर डोज) लगाउन आग्रह गरेको छ । अहिले काठमाण्डौ उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान चलिरहेको छ ।