काठमाडौँ, ६ चैत । संयुक्त राष्ट्रसंघीय दिगो विकास समाधान नेटर्वक (यूएन एसडीएसएन)ले विश्वका खुसी मुलुकहरूको सूची सार्वजनिक गरेको छ ।
सोमबार अर्थात् मार्च २० मा विश्व खुसी दिवसका अवसरमा ‘ह्याप्पिनेस’ रिपोर्ट सार्वजनिक गरिएको हो । विश्वभरका १५० भन्दा बढी देशहरूमा गरिएको सर्वेक्षणका आधारमा खुसी देशहरूको सूची तयार पारिएको छ । “अरू व्यक्ति खासगरी अपरिचितप्रतिको परोपकार वा सहयोगी–दयाभाव सन् २०२१ मा नाटकीय रूपमा बढेको छ र यो सन् २०२२ मा पनि उच्च रहेको छ,” विश्व ह्याप्पिनेस रिपोर्टका लेखमध्येका एक जोन हेलिवेले सीएनएनसँग भनेका छन् ।
यो रिपोर्टले पछिल्ला तीन वर्षको जीवनयापनको मूल्यांकनका आधारमा खुसीको स्तरको स्थान तोक्ने गर्छ । यसको अर्थ सन् २०२३ को सूची २०२० देखि २०२२ सम्मको जीवनयापनको स्थितिमा निर्भर हुन्छ । फिनल्यान्डले लगातार छैटौँ वर्षको रिपोर्टमा सबैभन्दा खुसी देशका रूपमा पहिलो स्थान कायम गरेको छ । सूचीमा डेनमार्क, आइसल्यान्ड, स्वीडेन र नर्वेले पनि राम्रो स्थान पाएका छन् ।










प्रतिक्रिया दिनुहोस्