काठमाडौँ, ६ चैत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताएका छन् ।
आज प्रतिनिधि सभा बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले २६ पुसमा विश्वासको मत लिएका प्रधानमत्री प्रचण्ड दुई महिना १० दिन नपुग्दै अर्को पटक विश्वासको मत लिन उपस्थित भएको भन्दै उनले सदनको विजनेश नै यत्ति मात्र हुने त होइन भनेर प्रश्न गरेका छन् ।
उनले फेरि एक–दुई महिनामै प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने अवस्था आउन सक्ने बताउँदै भने, ‘म सोध्न चाहन्छु, अर्को चोटी विश्वासको मत लिने कार्यसूची कहिले छ ?’ उनले अघि भने, ‘यो मुलुकका सामुन्ने अर्को कुनै एजेण्डा छैन । क्षणक्षणमा विश्वासको मत । यो विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको त होइन ?’










प्रतिक्रिया दिनुहोस्