काठमाडौं ८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई विस्तार गर्ने उद्देश्यका साथ मन्त्रिमण्डल भागबण्डाको प्रस्तावमा गठबन्धनका नेताहरु माझ गरेकोमा भागबण्डाको विषयलाई लिएर असन्तुष्टि बढेको छ ।
प्रचण्डले दोस्रो पटक विश्वासको मत लिएसँगै सरकारलाई पूर्णता दिन गृहकार्य थालेपछि सवै दलले कमाउ र आकर्षक मन्त्रालय चाहिने अडान राखेपछि गठबन्धनमा रडाको मच्चिएको हो ।
२५ सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्री प्रचण्डले सांसदका आधारमा दशदलीय गठबन्धनमा भागबन्डा मिलाउने गरी प्रस्ताव राख्नुभएको छ । आफूलाई विश्वासको मत दिने सबै दललाई सरकारमा समावेश गराउने गरी प्रधानमन्त्रीले भागबन्डाको खाका बनाउनु भएको छ ।
यस्तै प्रतिनिधिसभाको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी भएको खण्डमा तीन वटा मन्त्रालय दिने प्रधानमन्त्रीको प्रस्ताव छ । रास्वपाका अध्यक्ष रवि लामिछानेकोराहादानी मुद्दा ढिसमिस पारेकोले सो पार्टी जति मन्त्रालय पाएपनि सरकारमा जाने अवस्थामा छ ।
यस्तै जनमतलाई एक मन्त्रालय दिने प्रधानमन्त्रीको प्रस्ताव छ ।
यस्तै नागरिक उन्मुक्ति, लोसपा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टीलाई एकएक वटा मन्त्रालय दिने प्रधानमन्त्रीको प्रस्ताव छ ।










प्रतिक्रिया दिनुहोस्