राजनीति

एक–दुई दिनमै मन्त्रिपरिषदले पूर्णता पाउँछ : मन्त्री श्रेष्ठ



काठमाडौँ, ११ चैत । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गरेका छन् ।

मन्त्रालय बाँडफाँडको विषयमा सत्तारुढ दलहरुबीच किचलो बढिरहेका बेला शनिबार ललितपुर चेम्बर अफ कमर्सले गरेको कार्यक्रममा उनले एक–दुई दिनभित्रै सरकारले पूर्णता पाउने दाबी गरे ।

उनले भने, ‘सरकारको तर्फबाट मैले तपाईहरुलाई अहिले भन्ने कुरा के हो भने सरकार यसमा गम्भीर छ । एक दुईभित्रै मन्त्रिपरिषद विस्तारले पूर्णता पाउँछ । त्यसपछाडि हामी यसबारेमा आवश्यक परामर्श सम्बन्धित सबै संस्था, निकाय र व्यक्तिहरु पनि गरेर एउटा दिशामा प्रभावकारी ढंगले कदम चाल्ने गरी अगाडि बढनेछौं ।’