राजनीति

द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घहरू आर्थिक कूटनीतिका संवाहक: राष्ट्रपति पौडेल



काठमाडौँ, ११ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घहरू आर्थिक कूटनीतिका संवाहक भएको बताएका छन् ।

मुलुकको वैदेशिक व्यापार तथा लगानी र पर्यटन प्रवर्द्धनमा द्विराष्ट्रिय उद्योग वाणिज्य संघमार्फत भइरहेको प्रयासको सह्राना गर्नुहुँदै राष्ट्रपति पौडेलले यसलाई निरन्तरता दिन आग्रह गरे ।

मुलुकमा क्रियाशील विभिन्न १९ द्विराष्ट्रिय उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीसँगको भेटमा शनिबार राष्ट्रपति भण्डारीले आर्थिक कूटनीतिको रिक्तता पूरा गर्न निजी क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गरे । नेपालको दूतावास नभएका मुलुकमा निजी क्षेत्रमार्फत आर्थिक कूटनीतिको रिक्तता पूरा गर्न सकिने उनको भनाइ छ ।

राष्ट्रपति पौडेलले मुलुकको वृहत्तर आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका सशक्त र प्रभावकारी हुनुपर्ने उल्लेख गर्दै द्विराष्ट्रिय उद्योग वाणिज्य संघका माध्यमले वैदेशिक लगानीमा सहजीकरण गर्न सकिने धारणा राखे।