समाचार

प्राधिकरणको कारबाही : तीन एटीसी निलम्बित



काठमाडौँ, १२ चैत । नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार तीन एटीसीलाई कारबाही गरेको छ ।

एकै समयमा एकै उचाइमा उडानको अनुमति दिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका तीन एटीसीलाई कारबाही गरिएको हो ।

घटनाका बारेमा छानबिन गर्न भन्दै अर्काे सूचना नआएसम्मका लागि उनीहरूलाई निलम्बन गरिएको छ । प्राधिकरणले उनीहरूको नाम खुलाएको छैन । घटनाबारे छानबिन गर्न प्राधिकरणले समिति गठन गरेको छ । छानबिन समितिले रिपोर्ट बुझाएपछि थप कारबाही प्रक्रिया अघि बढाइने प्राधिकरणले जनाएको छ ।