समाचार

प्रचण्डविरुद्ध नाराबाजी गर्ने कारागार चलान



काठमाडौँ, १३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध नाराबाजी गर्ने ३ जनाले धरौटी रकम नतिरेपछि कारागार चलान गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बागलुङ घर भएका सोनु शर्मा, बझाङका विप्लव खड्का र सोलुखुम्बुका उद्धव बस्नेतलाई डिल्लीबजार कारागार चलान गरिएको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले आइतबार उनीहरूलाई जनही ५ हजार धरौटीमा छाड्ने निर्णय गरेका थिए । तर, उनीहरूले धरौटी रकम नतिरेपछि कारागारमा थुनामा पठाएको प्रहरीले जनाएको छ ।