समाचार

मोटरसाइकल दुर्घटना हुँदा एक सैनिक जवानको मृत्यु



सुर्खेत, १७ चैत । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–७, शिवालय चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार एकजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर–२, कोलडाँडाका अन्दाजी २४ वर्षीय सुदीप चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

घाइते भएका उक्त मोटरसाइकलमा पछाडि सवार बाँकेको बैजनाथ गाउँपालिका–३ का २२ वर्षीय सुशील चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । गए राति करिब सवा १ बजे कर्णाली प्रदेश ०२–००१ प ४९८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो ।