काठमाण्डौ,२० चैत्र । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री गोकुल बाँस्कोटाले रवि लामिछानेलाई नैतिकताको राजनीति गर्छु भन्नेले झुट किन बोलेको ? भन्दै प्रश्न गर्नुभएको छ ।
चितवन २ मा एमाले उम्मेदवार राम न्यौपानेको मनोनयनअघि आयोजित सभालाई सम्बोधन गर्दै नेता बाँस्कोटाले निष्ठाको राजनीति गर्छु भन्नेले झुटो बोलेको पनि देखियो भन्दै फेरि चुनावको मौका दिएकोमा लामिछानेलाई धन्यवाद दिए ।
चितवन २ मा एमालेलाई नजिताउँने हो भने केही समयपछि उही कथा दोहोरिने भन्दै रवि लामिछानेविरुद्धको अर्को मुद्दातर्फ संकेत गरे ।
उनले भने– ‘सबैलाई थाहा भइसक्यो एउटै दल सत्तामा पनि हुन्छ, त्यही दल प्रतिपक्षमा पनि हुन्छ । त्यही दल एउटा सरकार बन्दा पनि हुन्छ, त्यही दल अर्को बन्दा पनि हुन्छ । निष्ठाको राजनीति गर्छु भन्नेहरूले झुट बोलेको पनि देखियो, थ्याङ्क्यु त्यही भएर पाँच महिनामै पुनः परीक्षण हुन पर्यो । अब प्रश्न गर्नुपर्छ सत्तासँग के साटेको ? के को लागि के साटेको ?केसित के साटेको त्यही भएर सत्तासँग टाँसिएको ?
03 April 2023 16:22 PM










प्रतिक्रिया दिनुहोस्