राजनीति

माओवादी घटकले चैत २७ गते अन्तर्क्रिया गर्ने



काठमाडौँ, २१ चैत । माओवादी विचार धारा बोकेका दलहरूले आगामी चैत २७ गते अन्तर्क्रिया गर्ने भएका छन् ।

शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायका विषयमा काठमाडौँको प्रज्ञा भवनमा अन्तर्क्रिया गर्ने भएका हुन् । द्वन्द्वरत पक्ष र विपक्ष दुबैलाई राखेर अन्तर्क्रिया गरिने नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाले बताए । ‘माओवादी धाराको यसअघिकै कार्यक्रमको निरन्तरता स्वरूप चैत २७ गते अन्तर्क्रिया गर्न थालेका छौँ । द्वन्द्वरत पक्ष र विपक्ष दुवै राखेर छलफल हुने छ । अरू सरोकारवाला निकायलाई समेत बोलाएको छ’ बुढाले भने, ‘सबैपक्षसँग अन्तर्क्रिया गरेर शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउन खोजिएको हो ।’

शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउनु माओवादीको मात्रै नभएर राज्यको दायित्व भएको बुढाले बताए ।