काठमाडौँ, २२ चैत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हालको सत्ता गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरेका छन् ।
आज काठमाडौँमा आयोजित अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले कतिपय पदको भागबण्डा र लुट मच्चाउन गठबन्धन बनेको भनेर आरोप लगाउने गरेपनि इमानदारितासाथ काम गर्दै अघि बढे सबै संकटहरु समाधान गरेर अघि बढ्न सकिने बताए ।
उनले भने, ‘तपाईँहरू ढुक्क भए हुन्छ यो गठबन्धन पाँच वर्ष कायम रहन्छ’, ‘कसैकसैले पद बाँडबाफाँट त कसैले लुट अभियान चलाउन यी पार्टीहरु मिलेका हुन् भनेका छन् । यो चुनौति हामीमाथि छ ।’










प्रतिक्रिया दिनुहोस्