Banner News

दक्षिणपन्थीको सेवक भएको आरोप लगाउँदै एसका न्यौपानेले पार्टी छोडे



काठमाडौ २५ चैत्र । नेकपा एकीकृत समाजवादीका तेस्रो वरियताका नेता तथा पूर्व मन्त्री मुकुन्द न्यौपानेले पार्टी परित्याग गर्नुभएको छ ।
शनिवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दे न्यौपानेले पार्टी परित्याग गरेको जानकारी दिनुभएको हो ।

५४ वर्षदेखि राजनीतिमा लागेको स्मरण गर्नुहुँदै उहाँले को अर्डिनेशन,मुत्ति मोर्चा,माले,एमाले हुँदै आएको विगत स्मरण समेत गर्नुभयो ।
तत्कालीन नेकपा एमालेबाट विद्रोह गर्दा माधव नेपाल र झलनाथ खनालपछिको वरियतामा रहेर नेकपा एस गठन गर्नुभएका नेता न्यौपानेले शनिवार पत्रकार सम्मेलनमार्फत पुनः विद्रोहको घोषणा गर्नुभएको हो ।
न्यौपानेले नेकपा एसमा कम्युनिस्ट चरित्र सकिएर दक्षिणपन्थीको सेवक मात्र बनेको र जति खाए पनि नभरिने नेताहरूको चरित्र देखिएको भन्दै सो पार्टी परित्याग गर्नुभएको हो ।