काठमाडौँ, २७ चैत । पछिल्लो केही समययता देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार देशका केही भागमा आज वर्षा हुने भएको छ । तीनवटा प्रदेशमा वर्षाको सम्भावना रहेको हो । आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराई भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
त्यस्तै आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।










प्रतिक्रिया दिनुहोस्