Banner News

ब्याजदर घटाउनेबारे छिट्टै निष्कर्षमा पुग्छौ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ, २७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैङ्कको ब्याजदर घटाउन सरकारले विभिन्न उपायहरू खोजिरहेको बताएका छन् ।

आज दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैङ्क तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरेको छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर भएर लागिरहेको बताएका हुन् ।

बैठकमा प्रधानमन्त्रीले भने, ‘मैले नै यो बैठकको आयोजना गरेको हुँ । अर्थतन्त्रमा देखा परेको दबाबलाई कम गर्न लगातार छलफलमा छौँ । बैङ्कको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौँ हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौँ ।’