समाचार

आजको मौसम



काठमाडौँ, २८ चैत । देशका केही प्रदेशमा आज वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको हो ।

स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।