राजनीति

समाजवादी रसुवाका जिल्ला अध्यक्ष देवकोटा एमालेमा



काठमाण्डौ,२८ चैत्र । नेकपा एकीकृत समाजवादी का रसुवा जिल्ला अध्यक्ष नेकपा ९एमाले० प्रवेश गर्नुभएको छ ।
रसुवाका पुराना वामपन्थी नेता मानिने विष्णु देवकोटा पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको हो । एकीकृत समाजवादीभित्रको आन्तरिक द्वन्द्वका कारण नेताहरुले पार्टी छाड्ने लहर चलिरहेको छ । केही दिनअघि मुकुन्द नेउपाने, केदार न्यौपाने र चुडामणि जंगलीलेसमेत पार्टी परित्याग गर्नुभएको थियो ।
पार्टीभित्रको ठूलो समूह असन्तुष्ट रहेको छ । त्यसरी नै प्रदेश कमिटी सदस्य भरत विश्वकर्मा तथा जिल्ला समन्वय समिती ठाकुर पौडेल पनि एमालेमै फर्किनुभएको छ ।