काठमाण्डौ,२९ चैत्र । नेपाली कांग्रेस स्वतन्त्र अभियान चलाउँदै आएका पूर्वमहामन्त्री गोविन्दराज जोशीले नेपाली कांग्रेशले आफुहरु विरुद्घ गलत प्रचार प्रशार गरेको बताउनुभएको छ । जोशीले नेपाली कांग्रेससँगको वार्ता आजदेखि समाप्त भएको घोषणासमेत गर्नुभएको छ । आफुहरुको कारवाही फिर्ता गरेको भन्दै कांग्रेसले गलत प्रचार गरेर आफुहरुको अपमान गरेको उहाँले बताउनुभएको छ ।
आफ्ना समर्थकहरुको भोट लिन कांग्रेसले गलत प्रचार गरेको भन्दै जोशीले आफुहरुको समर्थन कांग्रेसको कुनै पनि उम्मेदवारलाई नरहेको स्पष्ट पारेको हो । उहाँले सबै मतदाताहलाई स्वतन्त्र र विवेक पूर्ण ढँगले मतदान गर्न अपिल गर्नुभएको छ । उहाँले तनहुँका जनताले योग्य, सक्षम र राष्ट्रिय राजनीीतमा प्रभाव पार्नसक्ने उम्मेदवार चयन गर्नुपर्ने भन्दै उहाँले अब झण्डा र पार्टीभन्दा माथि उठेर देशको विषयमा सोच्नु पर्ने बेला आएको बताउनुभएको छ । नेपाली कांग्रेसबाट भइरहेको छलकपटपूर्ण प्रचारबाजीबाट जोगिनु पर्ने भन्दै उहाँले सत्य, न्याय र सामाजिक समृद्धिका लागि आफूहरुको लडाइँ अझै नसकिएको बताउनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्