Banner News

गणपूरक संख्या नपुगेसंगै प्रतिनिधिसभामा बैठक स्थगित



काठमाडौ २९ चैत्र । प्रतिनिधिसभामा बुधबारको बैठक मा सांसदको गणपूरक संख्या नपुग्दा बैठक स्थगित गरिएको छ । सुरक्षण मुद्रणसम्बन्धी विधेयकमाथि सामान्य छलफल सकेर विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्न खोज्दा गणपूरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो ।

बुधबार उक्त विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुअघि नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले गणपूरक संख्या यकिन गर्न माग गरे
सचिवालयले गणपूरक संख्या यकिन गर्दा जम्मा ६१ मात्रै पुग्यो ।
प्रतिनिधिसभामा कुल सदस्य संख्या २७५ रहेकाले कुनै प्रस्ताव पारित गर्न ६९ जना सांसद उपस्थित भएको हुनुपर्छ ।अब अर्को बैठक वैशाख ३ गते बस्ने भएको छ ।