काठमाडौँ, ३० चैत । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले काठमाडौँ महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएर जनस्वास्थ्यमाथि खेलबाड गरेको बताएकी छन् ।
बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री शर्माले काठमाडौँ महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएर जनस्वास्थ्यमाथि खेलबाड गरेको बताएकी हुन् ।
उनले गर्मीको समयमा त्यसरी फोहोर नउठाउनाले आम जनताको स्वास्थ्यमा असर पर्ने भन्दै यस्तो गर्नु राम्रो नभएको बताइन् । उनले कुनै अर्को उद्देश्य पूर्तिका लागि फोहोर नउठाएर हडतालको विषय बनाइएको बताइन् । मन्त्री शर्माले महानगरपालिकाको मेयरले भनेको विषय टुंगिएन भनेर जनताको स्वास्थ्यमाथि खेलबाड गर्न नपाइने बताइन् । उनले संघीय सरकारले सहजीकरण गरेर टुंग्याउनुपर्ने विषयमा छलफल गर्नुपर्ने बताइन् । काठमाडौँ महानगरपालिकाका मेयरले संविधान, कानुन र स्थानीय सरकार सञ्चालन एन बुझेर काम गर्नुपर्ने बताइन् ।










प्रतिक्रिया दिनुहोस्