समाचार

अमेरिकन डलर र युरोसहित १२ जना पक्राउ



काठमाडौँ, १ बैशाख । अमेरिकन डलर र युरोसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जना विदेशी र ९ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ ।

दुवई जान लागेका यात्रुलाई चेकजाँच गर्दा सरकारले तोकेको भन्दा धेरै डलर बोकेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी लालमणि आचार्यले रातोपाटीलाई बताए ।

यात्रुको साथबाट ९ सय १७ युरो र ४५ हजार अमेरिकन डलर प्रहरीले बरामद गरेको छ । आरोपीहरुलाई आवश्यक अनुसन्धान र कारवाहीका लागी प्रहरीले राजस्व अनुसन्धान विभागमा बुझाएको छ ।