समाचार

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ



उदयपुर, १ बैशाख । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

कटारी नगरपालिका-५ दशबिघे बस्ने ५५ वर्षीय खम्बीर बहादुर राई र ६६ वर्षीय खड्ग बहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो ।

ती बालिकलाई आफ्नै घरमा बोलाई खम्बीरले मंगलबार र खड्ग बहादुरले बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।