समाचार

२७ वर्षीय सुजनले छेडे जिब्रो



भक्तपुर, २ बैशाख । मध्यपुरथिमि नगरपालिकाको बोडेका २७ वर्षीय सुजन बागले पहिलोपटक जिब्रो छेडेर जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिएका छन् ।

शनिवार उनले पहिलोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् । मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइन्छ ।