राजनीति

गठबन्धनका नाममा सरकार र सत्तासिन दलले जनविरोधी काम गरे: पद्मा अर्याल



तनहुँ, ४ बैशाख । नेकपा एमालेकी सचिव एवम् पूर्वमन्त्री पद्माकुमारी अर्यालले मुलुकमा परिवर्तन र विकासको नेतृत्व गरेकै कारण मंसिर ४ गतेको निर्वाचनबाट एमाले जनताको लोकप्रिय पार्टी बनेको दावी गर्नुभएको छ ।

प्रेस चौतारी नेपाल तनहुँले आयोजना गरेको कार्यक्रममा सचिव अर्यालले तत्कालीन सत्ताधारी दलहरूले महागठबन्धन बनाएर एमाले सिध्याउन हरेक कोशिस गरे पनि जनताको बलमा एमाले घेराबन्दी तोड्न सफल भएको उहाँले बताउनु भयो । देशमा सत्तासीन गठबन्धनका नाममा एमाललेलाई हराउन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति लागेको उहाँको भनाइ छ। एमाले जनताको पार्टी भएको र विभिन्न परिवर्तन तथा विकासको नेतृत्व गरेकै कारण सम्पूर्ण घेराबन्दी तोड्न सफल भएको अर्यालले बताउनु भयो ।

गएको चुनाव देशमा परिवर्तनकामी शक्ति र परिवर्तनविरोधी शक्तिकोबीचमा प्रतिस्पर्धा भएको उहाँको भनाइ छ । एमालेले परिवर्तनको नेतृत्व गर्‍यो भने गठबन्धनका दलहरुले परिवर्तन विरोधीको नेतृत्व गरेको बताउँदै उहाँले त्यति धेरै शक्ति मिलेर पनि एमालेको शक्तिलाई हराउन नसकेको बताउनु भयो ।

एमाले लोकप्रिय पार्टी भएकै कारण वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ-१ सहित तीन वटै क्षेत्रमा एमालेले जित हासिल गर्ने तर्क सचिव अर्यालको छ। गठबन्धनका नाममा सरकार र सत्तासिन दलले जनविरोधी काम गरेको उहाँले बताउनु भयो । देशमा एमालेले खेलेको भूमिका आम जनताले बुझेको बताउँदै उहाँले देशमा स्थिरता चाहाने, विकास र सार्वभौमसत्ता, भौगोलिक अखण्डतामा एमाले प्रष्ट पार्टी भएको बताउनु भयो ।

प्र