राजनीति

मिसन ग्रासरुट अभियानले मुलुकमा तरंग पैदा गरेको छ : महासचिव पोखरेल



सुर्खेत, ५ बैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको मिसन ग्रासरुट अभियानले मुलुकमा तरंग पैदा भएको बताएका छन् ।

मंगलबार सुर्खेतमा मिसन ग्रासरुट अभियानअन्तर्गत कर्णाली प्रदेशको समीक्षा बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेलाई पहिलो पार्टी बनाएर राजनीतिमा स्थायित्व दिन दुई महिने मिसन ग्रासरुट अभियान सञ्चालन गरेको जानकारी दिएका हुन् ।

उनले निर्वाचनमा एमालेले सोचेजस्तो परिणाम ल्याउन नसकेको बताए । तर, लोकप्रियताको हिसाबमा एमाले पहिलो पार्टी भएको उनले दाबी गरे ।

उनले एक्ला एक्लै चुनाव लडेको भए एमाले पहिलो पार्टी हुने पनि दाबी गरे ।