धादिङ, ६ बैशाख । धादिङमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय गजुरीका अनुसार मंगलबार काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ३–०२–००६ प ५८२६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा.प्र. ०२–०३ प १६५५ नम्बरको स्कुटर एकापसमा ठोक्किँएको थियो ।
मृत्यु हुनेमा मोटरसाइकलका चालक गोरखा नगरपालिका–९ बस्ने २६ वर्षीय लक्ष्मण बानियाँ रहेका छन् । दुर्घटनामा घाइते भएकोमा उनको उपचारका क्रममा गजुरी अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कुटर चालक गजुरी गाउँपालिका–२ बस्ने ५५ वर्षीय चेतनारायण श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्