Banner News

थप १०८ जनामा कोरोना संक्रमण पुष्टि, ६६ जना डिस्चार्ज



काठमाडौँ, ६ बैशाख । पछिल्लो २४ घण्टामा थप १०८ कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या १० लाख २ हजार ४०१ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३८६ जना रहेका छन ।

मन्त्रालयका अनुसार ६६ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८९ हजार ९ सय ९० जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार २५ जना रहेको मन्त्रालयले जनाएको छ ।