राजनीति

ब्याज, हर्जाना र पेनल छुट गर्न नेपाल एयरलाइन्सको अनुरोध



काठमाडौँ, ७ बैशाख । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ब्याज, हर्जाना र पेनल (जरिवाना) छुट गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगाानी कोषलाई अनुरोध गरेको छ ।

नेपाल एयरलान्सले ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई आग्रह गरेको छ ।

नेपाल एयरलाइन्सले विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकूल असर परेकाले छुट गरिदिन आग्रह गरेको हो । नेपाल एयरलाइन्सले दुई न्यारोबडी र दुई वाइडबडी जहाजको ऋण लिएर खरिद गरेको थियो । नेपाल एयरलान्इसले गत चैत्र ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ५३ करोड नौ लाख ५५ हजार २८१ रुपैयाँ ४५ पैसा रकम भुक्तानी गरेको छ ।