Banner News

यो म्यादी सरकार हो, आफैं ढल्छ : अध्यक्ष ओली



काठमाडौँ, ७ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई म्यादी सरकारको संज्ञा दिएका छन् ।

आज बारा क्षेत्र नम्बर–२ मा आयोजित चुनावी सभामा बोल्दै उनले प्रचण्ड नेतृत्वको सरकारलाई म्यादी भएकोले सरकार धेरै नटिक्नेसमेत दाबी गरे । उनले भने “म्यादी सरकार । यो आफैं ढल्छ । हामीले ढाल्छौं भनेको छैन,” हामी यो सरकारलाई हात पनि लगाउँदैनौं । आपसमै ठीक भइहाल्छ । धेरै चल्नेवाला होइन् केही दिनको मेहमान हो ।”

उनले सरकारलाई बिदा गर्नुपर्ने बताए । उनले गठबन्धन कायम रहे वृद्धभत्ता समेत कट्टा हुने बताए । ओलीले प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल काम छाडेर किन कार्यक्रममा आएको भन्दै प्रश्न समेत गरे ।