काठमाण्डौ ८ वैशाख । गएको संसदीय निर्वाचनपछि माधव नेपालको नेतृत्वमा रहेको नेकपा एकिकृत समाजवादी पार्टी राष्ट्रिय पार्टी समेत बन्न सकेन । नेकपा एमालेको फूटलाई जनताले नस्वीकार्यको देखियोृ । सो पार्टी छोडेर पुनःएमालेमा नै फर्किने नेता –कार्यकर्ताको एक प्रकारको लहरनै चलको छ । यस अघि माधव नेपालबाट पार्टी नचल्ने निश्कर्ष सुनाउँदै नेकपा एकीकृत समाजवादी छाडनु भएका नेता चुँडामणि जंगली नेकपा एमाले प्रवेश गर्नुभएको छ ।
यस बीच भोली पार्टी स्तापना दिवशको अवसर पारेर एसबाट एमालेमा ठूलै नेता–कार्यकर्ता पक्तिमा एमालेमा प्रवेश गर्ने भएका छन ।
यसैबीच नेकपा एस केन्द्रीय लेखा परिक्षण आयोगका सदस्य नरेश्वर ज्ञवालीले एस पार्टी परित्याग गर्दै विज्ञप्ती निकालेका छन । ज्ञवालीले जारी गरेको विज्ञप्ती यस प्रकारको छ –
म नेपाली कम्युनिष्ट आन्दोलनको एकताको लागि तिसको दशक देखि अनवरत रूपमा को–के ,माले ,एमाले हूदै गएको डेडबर्ष अघि एमाले बिभाजन गरि स्थापना भएको नेकपा एस लाइ साथ र सहयोग दिन पुगे । कम्यूनिष्ट आन्दोलन विभाजन गर्ने उक्त कदम अत्यन्त बेठिक रहेछ भन्ने अहिले निष्कर्षमा पुगेको छु ।सो विभाजनले दलाल पूँजीबाद र बिचौलिया हरूलाइ खुसी बनाएको र व्यवहारमा उनीहरुलाई सहयोग पु¥याएकोे देखियो । साथै विभाजनले नेपाली मजदुरबर्र्ग दुखित तुल्याएको देखियो । पार्टी विभाजन गर्ने गंभीर कमजोरी प्रति आत्माआलोचित हूँदै म आजैका मितिदेखि नेकपा एस परित्याग गरेको घोषणा गर्दछु ।
21 April 2023 13:47 PM
प्रतिक्रिया दिनुहोस्