राजनीति

निजी क्षेत्रलाई अख्तियारको कार्यक्षेत्रमा समेट्ने तयारी: चेम्बरद्वारा विरोध



काठमाडौँ, ९ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न पाउने गरी कानुन संशोधन गर्ने सरकारको तयारीप्रति नेपाल चेम्बर अफ कमर्सले विरोध जनाएको छ ।

चेम्बरद्वारा जारी विज्ञप्तिमा मार्फत अख्तियारको दायराभित्र ल्याउने व्यवस्था संविधान अनुकूल नहुने र समग्र उद्योगी व्यवसायीको मनोबल घटाउने ठहर गर्दै चेम्बरले विरोध गरिएको छ । निजी क्षेत्रमा नियमन गर्ने सम्बन्धित निकायहरू हुँदा हुँदै थप अख्तियारको क्षेत्राधिकार भित्र पार्न खोज्दा बेथिति बढ्ने र उद्योगी व्यवसायीहरू हतोत्साहित हुने चेम्बरले जनाएको छ । नेपाल चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निजी क्षेत्रमा समेत अनुसन्धान गर्न सक्ने प्रस्तावित व्यवस्थाले निजी क्षेत्रको कार्यक्षमतामा ह्रासका साथै वैदेशिक लगानी समेत प्रभावित हुने देखिन्छ ।’