राजनीति

समाजवादी पार्टी रितिदैः नेता मुकुन्द न्यौपाने सहित ३४ जना एमालेमा



काठमाडौ १० वैशाख । नेकपा एकीकृत समाजवादी पार्टी क्रमश रितिने अवस्थामा पुगेको छ । समाजवादी पार्टीको नेतृत्वले जनतामाझ विभाजनको औचित्य पुष्टि गर्न नसकेपछि समाजवादी पार्टी छोड्दै एमाले प्रवेश गर्ने नेता काईकताहरुको संख्या झनपछि झन बढ्दै जान थालेको छ । पछिल्लो समय समाजवादी पार्टीका नेता मुकुन्द न्यौपानेसहितका ठूलो संख्या मा नेताहरु एमालेमा फर्किएका छन् ।

शनिबार आयोजित कार्यक्रममा न्यौपाने, नेता चुडामणि जंगलीसहित नेकपा एकीकृत समाजवादीको विभिन्न कमिटीमा रहेका ३४ जना भन्दा बढी एमालेमा एमाले फर्किएका छन् ।
एमाले फर्किनेमा नेताहरु मुना बानियाँ, शान्ता आचार्य, महाप्रसाद सुवेदी, नरेश्वर ज्ञवाली, हरिकुमार श्रेष्ठ, छविलाल गौडेल, तोरणबहादुर केसी,माया अधिकारी, दल वहादुर केसी, भीमकान्त पोखरेल, नमराज आचार्य, चन्द्रकिशोर गौतम, टुकराज भण्डारी, देविगिरी विक ,चन्द्र प्रसाद गुरुङ,लालसिह घताने विक,हर्क वहादुर गुरुङ, केशव वहादुर आले,त्रिलोचन अघिकारी, नारायण प्रसाद तिवारी, ज्ञानेन्द्र सुवेदी, बसन्त राउत,रविनद्यू श्रेष्ठ, पोषण राज पौडेल, प्रदीप भुजेल, विजय गुरुङ, जगत पौडेल, दिलवहादुर तामाङ,राजु अर्याल, वृहस्पति पोडेल, कुष्णमान श्रेक्ष्ठ , शिवराज पटेल रहेका छन् ।
नेता मुकुन्द न्यौपाने र चुडामणि जंगलीले करिब एक महिनाअघि एकीकृत समाजवादी त्यागेका थिए ।