अर्थ

स्थानीय तहले आफूखुसी बाँडेरै सके ३ अर्ब



काठमाडौँ, ११ बैशाख । विभिन्न स्थानीय तहले व्यक्तिगत तथा घरेलु प्रकृतिका वितरणमुखी कार्यमा आफूनिकटका व्यक्ति तथा विभिन्न नाफामूलक संस्थालाई आफूखुशी ३ अर्ब भन्दा बढी बाँडेर सकाएका छन् ।

स्थानीय तहले अख्यितारको दुरूपयोग गर्दै त्यसरी आफूखुसी रकम वितरण गरेको पाइएको हो । महालेखा परीक्षकको कार्यालयको कार्यालयले विभिन्न स्थानीय तहले नियमविपरीत अर्बौं रूपैयाँ वितरण गरेको भन्दै त्यसप्रति गम्भीर प्रश्न उठाएको छ ।

महालेखाको प्रश्नसँगै स्थानीय तहले राज्यकोषको रकम मनपर्दी रूपमा आफूनिकटकालाई वितरण गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट छानबिन हुनुपर्नै माग उठेको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।