राजनीति

अख्तियार निजी क्षेत्र निरुत्साहित गर्ने अर्को एक तह बन्न सक्छ : अध्यक्ष ओली



काठमाडौँ, ११ बैशाख । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियारले निजी क्षेत्र हेर्ने व्यवस्था भएमा लगानीकर्ता निरुत्साहित हुने बताएका छन् । यो व्यवस्था भएमा निजी क्षेत्रको थप एक नियामक थपिने उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डलसँग शनिबार भएको भेटमा उनले उक्त विधेयक राष्ट्रियसभाबाट पारित हुने बेलासम्म पनि आफूलाई जानकारी नभएको बताए ।

राष्ट्रियसभाबाट प्रतिनिधिसभामा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयकमा निजी क्षेत्रलाई समेत समेटने व्यवस्था भएकोले उक्त व्यवस्था हटाउन अध्यक्ष ढकालले आग्रह गरे । अर्थतन्त्रमा ८० प्रतिशत भन्दा बढी लगानी र रोजगारी दिइरहेको निजी क्षेत्र उक्त व्यवस्था पारित भएमा हतोत्साही हुने र लगानीको वातावरण बिग्रिनेतर्फ अध्यक्ष ढकालले ध्यानाकर्षण गराएका छन् । संविधानको धारा २३९ अनुसार अख्तियारले निजी क्षेत्र हेर्न मिल्दैन ।