काठमाडौँ, १२ बैशाख । बैशाख १० मा भएको उपनिर्वाचनमा नयाँ आशासहितको मत (ब्यालेट) विद्रोहले पुराना राजनीतिक दलहरुलाई झापड हानेको छ ।
प्रजातन्त्रप्राप्ति पछिको चुनावी इतिहासमा तनहुँ कांग्रेसको किल्लाकै रुपमा परिचित जिल्ला हो । तर यसपटकको उपनिर्वाचनमा तनहुँ–१ मा नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कांग्रेसको गढ भत्काएको छ । उपनिर्वाचनको संघारमा कांग्रेस परित्याग गरेर रास्वपाबाट उम्मेदवार बनेका डा. स्वर्णिम वाग्ले तनहुँ १ बाट भारी मतान्तरले विजयी हुनुभएको छ । त्यसैगरी चितवन २ मा रास्वपा अध्यक्ष रवि लामिछानेले अग्रता लिइरहनुभएको छ ।
गत मंसिर ४ को आम निर्वाचनमा कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलले २५ हजारभन्दा बढी मत ल्याएर निर्वाचित भएको सो क्षेत्र पौडेल राष्ट्रपति भएपछि खाली भएको थियो । ६३ हजार ७ सय ५७ मत खसेको यो क्षेत्रमा ९ दलले उम्मेदवारी दिएका थिए । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्