समाचार

स्वास्थ्य बिमा गराउनेमा महिला बढी



गोरखा, १४ बैशाख । गोरखा जिल्लामा ८८ हजारभन्दा बढी नागरिकले स्वास्थ्य बिमामा आवद्ध भएका छन् । विसं २०७४ असारबाट जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरुआत भएको थियो ।

स्वास्थ्य बिमा बोर्ड कार्यालय गोरखाका प्रमुख विशाल लौडारीका अनुसार एघार स्थानीय तह रहेको जिल्लाभित्र स्वास्थ्य बिमा गराउनेको सङ्ख्या गोरखा नगरपालिकामा सबैभन्दा धेरै रहेका छन् । “एघार स्थानीय तहमध्ये गोरखा नगरपालिकाभित्र सबैभन्दा धेरैले स्वास्थ्य बिमा गराएका छन्”, उनले भने, “नगरपालिकामा अहिलेसम्म २१ हजार सात सय १८ जनाले स्वास्थ्य बिमा गराइसकेका छन् ।” उहाँले जिल्लाको चुमनुब्री गाउँपालिकामा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या सबैभन्दा न्यून रहेको जानकारी दिए । “चुमनुब्री गाउँपालिकामा अहिलेसम्म सात सय ७४ जनामा मात्र स्वास्थ्य बिमाको पहुँचमा रहेको छ । प्रमुख लौडारीले भने ।” उनका अनुसार पालुङटार नगरपालिकाभित्रका १६ हजार एक सय ५१ जनाले स्वास्थ्य बिमा गराएका छन् भने सिरानचोक गाउँपालिकाका नौ हजार नौ सय ४२ जनाले अहिलेसम्म स्वास्थ्य बिमा गराएका छन् ।

प्रमुख लौडारीले स्वास्थ्य बिमा गराउनेमा आरुघाट गाउँपालिकाका आठ हजार तीन सय ३४ , भीमसेन थापा गाउँपालिकाका सात हजार आठ सय ४८ , अजिरकोट गाउँपालिकाका दुई हजार चार सय १३ , बारपाक सुलिकोट गाउँपालिकाभित्रका छ हजार, गण्डकी गाउँपालिकाका पाँच हजार तीन सय १० र धार्चे गाउँपालिका एक हजार आठ सय ९३ रहेको जानकारी दिए ।

उनले गोरखामा स्वास्थ्य बिमा गराउनेमध्ये पुरुषको तुलनामा महिलाको सङख्या बढी रहेको बताए । “स्वास्थ्य बिमा गराएकामध्ये ४२ हजार एक सय १४ जना पुरुष रहेका छन्”, उनले भन्ने, “स्वास्थ्य बिमा गराउने महिलाको सङ्ख्या भने गोरखामा ४६ हजार छ सय दुई जना रहेको छ ।” स्वास्थ्य बिमा गराएकामध्ये एक हजार नौ सय ३३ जना अतिगरिब घरपरिवार पहिचान भएका व्यक्तिको निःशुल्क बिमा गरिएको उन्ले जानकारी दिउ ।