विराटनगर, १४ बैशाख । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीको मूल्यांकन कामका आधारमा हुने बताएका छन् ।
विराटनगर भन्सार निरीक्षणका क्रममा मन्त्री डा. महतले कर्मचारीलाई इमान्दार, पारदर्शी र समर्पणका साथ जिम्मेवारी पूरा गर्न उनले निर्देशन दिए ।
“कुनै पनि तहमा माथि देखाएर जिम्मेवारी दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई छैन । भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिँदैनौँ,” उनले भने, “मलाई विश्वास छ, तपाईंहरुले राम्रो गर्नु हुनेछ । राम्रो गर्न कोसिस गरिराख्नु भएको छ ।”
“कुनै पनि कर्मचारीले पारदर्शिता, कर्तव्यनिष्ठा देखाउने छन् भन्ने कुरामा मलाई विश्वास छ, यो आर्थिक वर्ष असारसम्ममा भन्सार असुलीको प्रतिशत निक्कै बढ्ने मैले अपेक्षा गरेको छु,” महतले भने, “राजश्व बढाउन हामीले करदातालाई अनावश्यक दुःख दिनु हुँदैन । तर, नियम कानुनले दिएको छ । त्यसमा कर्मचारीले कार्यान्वयन गर्न चुक्नु हुँदैन भनेर अनुरोध गर्छु ।”










प्रतिक्रिया दिनुहोस्