बाजुरा, १५ बैशाख । बाजुरामा गएराति दुई वटा भूकम्प गएको छ । गएराति ११ः५८ र १ः३० बजे दुई वटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार ११ः५८ बजे ४.९ म्याग्निच्युडको र १ः३० बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु बाजुराको दहकोटमा रहेको केन्द्रले जनाएको छ । गएराति नै १ः५१ बजे सोही स्थान केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प पनि गएको केन्द्रले बताएको छ ।










प्रतिक्रिया दिनुहोस्