Banner News

निर्वाचित सांसदहरु रवि, स्वर्णिम र उपेन्द्रले लिए शपथ



काठमाडौ, १५ वैशाख । उपनिर्वाचनमार्फत् प्रतिनिधिसभा सदस्यमा निर्वाचित तीनजनाले शुक्ररबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सिंहदरबारस्थित संघीय संसद सचिवालयमा शुक्ररबार आयोजित समारोहमा सभामुख देवराज घिमिरेले रवि लामिछाने, स्वर्णिम वाग्ले र उपेन्द्र यादवलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
१० वैशाखमा भएको उपनिर्वाचनमा बार(२बाट यादव, चितवन(२ बाट लामिछाने र तनहुँ(१ बाट वाग्ले निर्वाचित भएका हुन् ।