समाचार

गएरातिको भूकम्पले बाजुराका २३ घरमा क्षति



बाजुरा, १५ बैशाख । गएराति आएको भूकम्पका कारण बाजुराको हिमाली गाउँपालिका–२ विच्छ्यामा २३ घरमा पूर्णरुपमा क्षति पुगेको छ ।

गौमुल गाउँपालिकाको दहकोट आसपास केन्द्रविन्दु भएर मध्यराति १ बजेर ३० मिनेट जाँदा गएको ५.९ म्याग्निच्युडको भूकम्पले २३ घरमा पूर्णरुपमा क्षति भएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले जानकारी दिए ।

उनका अनुसार उक्त वडाका धञ्जित बुढा, दन्तिर बुढा, जोवलाल बुढा, नौउले बुढा, दिलबहादुर बुढा र सौरमल रोकायाको घरमा क्षति पुगेको छ । यस्तै वासु रोकाया, सुरेन्द्र बुढा, दुवलाल बुढा, देवबहादुर बुढा, पञ्च रोकाया, सुरेन्द्र बुुढा, जग्गी बोहरा, साइमल बोहराको घरमा क्षति पुगेको छ ।