राजनीति

भ्रष्टाचार अनुसन्धानमा ५ वर्षे हदम्याद स्वीकार्य छैन : महामन्त्री शर्मा



काठमाडौँ, १६ वैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार अनुसन्धानमा पाँच वर्षे हदम्याद स्वीकार्य नहुने बताएका छन् ।

आज नेपाल विद्यालय कर्मचारी परिषद्ले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले सरकारले संसदमा पेस गरेको भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा प्रस्ताव गरिएको पाँच वर्षे हदम्याद स्वीकार्य नहुने बताएका हुन् ।

‘भ्रष्टाचार गरेको मान्छेले पाँच वर्ष सजायको घेरामा पर्ने नाममा उन्मुक्ति पाउनुपर्ने । राख्ने नै हो भने हदम्याद २५ वर्षको राखौं,’ उनले भने, ‘तर कडिकडाउसँग भ्रष्टाचार गरेको मान्छेलाई कठघरामा ल्याएर उसलाई कानुनी कारबाहीदेखि आर्थिक कारबाहीसम्म राज्यले गर्नुपर्छ ।’