पाँचथर, १६ बैशाख । पाँचथरको फालेलुङ गाउँपालिका–३ मा चटयाङ लागेर एउटै फर्मका ५४ वटा भेडा मरेका छन् ।
चट्याङ लागेर स्थानीय सन्तवीर राइ, कुमार राई, प्रकाश राई, टेकबहादुर गुरुङले सञ्चालन गरेकाे फर्मका ५४ वटा भेडा मरेका हुन् । चटयाङले १२ वटा भेडा घाइते भएका छन् । भेडा फर्मको स्याहार सुसारमा जुटेका याङ्बरक–३ निवासी प्रेम राई सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
भेडा मर्दा किसानलाई १५ लाखभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान छ ।










प्रतिक्रिया दिनुहोस्