Banner News

मिटरब्याज पीडितलाई न्याय दिने सङ्कल्प गरेका छौँ : गृहमन्त्री श्रेष्ठ



जनकपुरधाम, १७ बैशाख । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरूलाई न्याय दिन सरकारले सङ्कल्प गरेको बताएका छन् ।

आज जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी आयोगको कार्यालयको उद्घाटन गर्दै उनले मिटरब्याज पीडितलाई सरकारले हरहातलमा न्याय दिने विश्वास व्यक्त गरेका छन् ।

उनले पीडितलाई न्याय दिन नसके यतिका संषर्घ पश्चात् निरकुंशतन्त्रलाई अन्त्य गरेर ल्याइएको गणतन्त्रको औचित्य नहुने बताएका हुन् । गृहमन्त्री श्रेष्ठले मिटर ब्याज सामन्तवादी शोषणको नमुना रहेकाले जरैदेखि उखेलेर फाल्ने बताए । आयोगको कार्यालयलाई सामान्य रूपमा नलिन समेत सबैलाई आग्रह गर्दै मिटर ब्याज सम्बन्धी थप अनुसन्धान र छानबिन हुने उनले बताए ।